Sajhamanch Archive

कोरोना सन्त्रासःकतै निषेधाज्ञा, कतै लकडाउन

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लाले कतै निषेधाज्ञा त कतै लकडाउन लगाएका छन्।

कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका सेवामा रोक लगाएका छन्। आजसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा तथा लकडाउन गरिएको छ।

गृह मन्त्रालयको तथ्यांकअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन्। अन्य जिल्लामा स्थानीय तहले लकडाउन गरेको मन्त्रालयका कम्प्यूटर अपरेटर विनोद विश्वकर्माले जानकारी दिए। यद्यपी यो संख्या घटबढ हुन सक्ने उनको भनाइ छ।

पर्सामा निषेधाज्ञासहित सेना परिचालन गरिएको छ। विश्वकर्माका अनुसार पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र बन्द रहने छ। त्यस्तै चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकुम पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन गरिएको छ।

रेडजोनमा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन् । सरकारले दुई सयभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ। अहिले काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *