Sajhamanch Archive

कोरोनाको सन्त्रासः शिवसताक्षीको तीन गाउँ सिल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका सहित नगरको वडा नं. ७ को केही भाग सिल गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित ब्लुचोक स्थित ३३ हजार केभी लाइनको सवस्टेसनका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि पछि वडाको कही भाग सिल गरिएको हो ।

शिवसताक्षी नगरको बुलुचोक स्थीत बिद्युत वितरण केन्द्रकका दुई कर्मचारीलाई कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि शिवसताक्षी नगरको वडा नम्बर ७ का केहि मानव बस्ती सिल गरिएको छ ।

संक्रमित दुई मध्ये एक जना वडा नं. ७ र अर्का एक जना वडा नं. ४ का स्थानीय बासी हुन् ।

वडाका धौलेचोक, कन्चनटोल र बहिदार चोक सिल गरिएको वडाध्क्ष नविन इजमलले जनकारी दिए । सिल गरिएको क्षेत्रका सर्बसाधरण बाहिर निस्किएर हिड्न र टोल प्रवेशमा रोक लगाईएको वडाध्यक्ष इजमले भनाई छ । इजमका अनुसार संक्रमितको तीनवटा टोलका करिव १५० जनासँग नियमित सम्पर्क हुने गरेको थियो ।

निषेध गरिएका क्षेत्रका स्थानीयको स्वाब संकलन गरेर पीसीआर रिपोर्ट आएपछि मात्र सिल फुकुवा हुने उनले बताए । सोमबार साँझ सम्म वडा अध्यक्ष ईजम निषेधित क्षेत्रका प्रत्येक घरमा पुगेर संयम हुन आग्रह गरेका थिए ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिन र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी लाई आग्रह गरिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि होम क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने अध्यक्ष ईजमले बताए ।

नगरको वडा नं. ४ मा भने सिल नगरिएको बुझिएको छ । बुलुचोक सव स्टेसनमा कार्यरत संक्रमित जनता बजार, बुलुचोक र बिद्युत वितरण केन्द्र नजिकको एक होटलमा नियमित आउने जाने गरेको स्थानीयले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *