Sajhamanch Archive

नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बुटवल । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *