Sajhamanch Archive

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *