नेकपा कार्यदलको बैठक जारी
Published:
by .काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न सुझाव दिन गठित कार्यदलको छलफल जारी रहेको छ ।
पार्टीका महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको र विवाद समाधानका विभिन्न विकल्पमाथि छलफल भइरहेको स्रोतले जानकारी दियो ।
कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । ओली समूहबाट पौडेलका अतिरिक्त शङकर पोखरेल छन् ।
पहिलो चरणमा सदस्यहरूबाट आएको सुझावलाई एकत्रित गर्ने र तिनै सुझावका आधारमा प्रतिवेदन तयार पारिने कार्यदलमा रहेका एक सदस्यले जानकारी दिए ।
कार्यदलको यो तेस्रो दिनको छलफल हो । सोमबार बसेको पार्टी सचिवालयको बैठकले कार्यदललाई वैधानिकता दिई अनुमोदनसमेत गरेकाले शीघ्र निष्कर्षमा पुग्ने ती सदस्यको भनाइ छ ।
Comments