Sajhamanch Archive

सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी, ओपीएस)को बैठक बस्दैछ । बैठक साँझ पाँच बजे सिंहदरबारमा बस्ने लागेको सीसीएमसीमा रहेका एकमन्त्रीले जानकारी दिए ।

बैठकमा पाँच सयभन्दा बढी सक्रिय केस रहेका जिल्लामा थप कडाइ र कोरोनाको प्रकोप नियन्त्रणमा चाल्नुपर्ने कदमबारे छलफल हुने र प्रस्ताव तयार पार्ने ती मन्त्रीको भनाइ छ ।

“काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा जोखिम बढ्दो छ । स्थानीय सङ्क्रमणमा पनि मात्रात्मक वृद्धि हुन थालेको छ । यस्तो अवस्थामा नियन्त्रणलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने योजना आवश्यक देखियो, त्यसैका लागि छलफल गर्न लागेका हौं,” ती मन्त्रीले भने ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन ठोस प्रस्ताव अघि सार्न निर्देशन दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि कोरोना नियन्त्रणमा सरकारको काम फितलो देखिएको भन्दै काम गर्ने तौरतरिका बदल्न सुझाव दिइसकेको छ । यी सबैलाई मध्यनजर गर्दै आज बस्ने सीसीएमसीको बैठकले आवश्यक प्रस्ताव तयार पार्ने ती मन्त्रीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *