Sajhamanch Archive

बुद्धशान्तिमा स्वाव संकलन गरिएका पुरुषमा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । बुद्धशान्तिमा स्वाव संकलन गरिएका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

बुद्धशान्तिमा रहेको लघुवित्त संस्थामा कार्यरत २३ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी बुद्धशान्ति बाहिरको रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए ।

साउन २७ गते बुद्धशान्तिबाट ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको थियो । जसमध्ये ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट भेरिफिकेसनका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । जहाँ उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख  अधिकारीले  बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *