Sajhamanch Archive

मृत्युको संवेदनशीलतामा खेलाँची नगरौँ : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ ।

कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

तर मृतकका परिवारले नै शव लिन नमानेपछि बाध्य भएर सरकारले नै मापदण्डअनुसार शव व्यवस्थापन गर्ने गरेको उनले बताए । उनले भने, ‘परिवारका सदस्यले नै स्वास्थ्य मापदण्ड पूरा गरेर शवको अन्त्येष्टि गर्न सक्छन् तर आफन्तले शव लैजान नमानेपछि हामीले बाध्य भएर सेनाको सहयोगमा अन्त्येष्टि गर्ने गरेका छौँ ।’

प्रवक्ता गौतमले मृत्यु कसैका आफन्तका लागि संवेदनशील समय भएकोले त्यसको ख्याल गर्न सबैलाई आग्रह गरे । शव व्यवस्थापनको फोटो, भिडियो खिचेर अनर्थ लाग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आउने गरेको भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे ।

गोपनीयताको अधिकारको सम्मान गर्न पनि प्रवक्ता गौतमले आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *