Sajhamanch Archive

धरानको वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in मुख्य समाचार by .

काठमाडौं। धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मोरङको बूढीगंगा-२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ। मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए। उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो।

सापकोटाले भने,’ खोकी, श्वास फेर्न मा समस्या र ज्वरो आएको थियो। विराट मेडिकलमा उपचार भइरहेको थियो। उनी अस्पतालबाट रिफर भएर यहाँ आएकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *