Sajhamanch Archive

मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

Published: in विश्व समाचार by .

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ ।

सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् ।

राष्ट्र प्रमुखसहित अन्य शीर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका थिए । सरकारी सेनाका कर्णेल मालिक डियाको नेतृत्वमा विद्रोह गरिएको हो । उनीहरुको मागबारे केही खुलाईएको छैन भने बागी सैनिकहरुसँग कति सेनाको साथ रहेको छ भन्नेबारे पनि अन्योल छ । मालीमा सेना र सरकारबिच लामो समयदेखि दूरी बढिरहेको थियो ।

सैनिकहरुलाई तलब र अन्य सेवा सुविधा र देशमा बढ्दो जिहादी समुहसँग राष्ट्रपतिको सम्बन्धलाई लिएर लगातार टिकाटिप्प्णीहरु भईरहेका थिए । यसैबिच अफ्रिकी राष्ट्रहरुको समुह ‘इकोवास’ ले यो घटनालाई सैनिकबाटै गरिएको ‘कु’ को प्रयास भनेको छ ।

नियन्त्रणमा लिइएका राष्ट्रपतिलगायत सम्पूर्णलाई तत्काल रिहा गर्नुपर्ने इकोवासको माग छ । परिस्थति साम्य नभएसम्म १५ सदस्यीय इकोवासका हरेक देशले मालीसँगको सीमा बन्द गरेका छन् भने आर्थिक कारेबार पनि रोक्ने जनाएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *