Sajhamanch Archive

करीना भन्छिन्, ‘नेपोटिज्मका कारण २१ वर्ष टिकेको होइन’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

अहिले बलिउडमा जसरी नेपोटिज्मको विशेषमा बहस भइरहेको छ, सम्भवतः यसअघि कहिल्यै भएको थिएन । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि यो मुद्धाले तिखो बहस छेडेको छ, जसको बारेमा बलिउडका हरेक व्यक्तिले आफ्नो विचार व्यक्त गरिसकेका छन् । अभिनेत्री करीना कपूर खानले भने मानिसहरुलाई नेपोटिज्म ठिक नलागे आफ्नो फिल्म नहेर्न भनेकी थिइन् ।
करीनाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘२१ वर्षको करिअरमा नेपोटिज्मका कारण सफलता मिल्न असम्भव थियो । मैले आफूलाई प्रमाणित गर्न कडा मिहेनत गरेको छु । म सुपरस्टारका सन्तानको एक लामो सूची पेश गर्न सक्छु, जसका लागि फिल्ममा टिकिरहनु सहज थिएन ।’ उनले शाहरुख खान र आयुष्मान खुराना जस्ता सफल आउटसाइडरको नाम पनि लिएकी छन् ।
इनसाइडरको ट्याग लागेकी उनी थप्छिन्, ‘दर्शकले हामीलाई बनाएका हुन् । अरुले होइन । जसले नेपोटिज्ममाथि औंला उठाइरहेका छन्, तिनैले हामीलाई स्टार बनाएका हुन् । तपाईंहरु फिल्म हेर्न जाँदै हुनुहुन्छ ? नजानुस् । कसैले तपाईंसँग जबरजस्ती गरेको छैन । मलाई यो बहस नै अजिब लागेको छ ।’ दर्शकले नै एक स्टारलाई बनाउन र मेटाउन सक्ने उनको कथन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *