Sajhamanch Archive

शिवसताक्षीमा संक्रमितको कन्ट्रयाक ट्रेसिङ सुरु, ५० जनाको स्वाब संकलन

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना संक्रमितको कन्ट्रयाक टे«सिङ सुरु गरेको छ ।

शिवसताक्षीको ब्लुचोकमा कार्यरत विद्युत प्राधिकरणका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा रहेको व्यक्तिहरुको स्वाब संकलन गर्न थालेको छ ।

शिवसताक्षी नगरको ४ र ७ वडाको ५ वटा गाउँलाई सिल गरेर कन्ट्रयाक्ट ट्रेसिंङ गरिएको नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए । संजय ठकुरी र हरि विमलीको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले बुधबार बिहान ७ बजेदेखि स्वाब संकलनको काम सुरु गरिएको प्रवक्ता इजमले बताए । इजमका अनुसार १० जनालाई आरडिटी टेष्ट गरिएको र सबैको रिर्पोट नेगेटिभ आएको छ ।

ठकुरीका अनुसार वडा नम्बर ७ मा ५० जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्यकर्मीको टोली गाँउमै पुगेर  थ्रोट स्वाब संकलन गरि पीसीआरका लागि धरान पठाउने तयारी गरेको हो । कन्ट्रयाक्ट ट्रेसिंङमा रहेका सबैलाई होम क्वारेन्टिनमा बस्न नगरपालिकाको स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

त्यस्तै वडा नं. ४ मा भोली ४० जनाको स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *