Sajhamanch Archive

हेटौंडामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

मकवानपुर । हेटौँडामा ज्यान गुमाएका ६१ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं.१ को जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतको स्वास्थ्य समस्या रहेको थियो ।

हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *