Sajhamanch Archive

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले जानकारी दिए ।

गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *