Sajhamanch Archive

मेचीनगरका तीनवटा वडामा लकडाउन निरन्तर, अन्य वडामा खुकुलो

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । एक चिकित्सक र चारजना स्थानीयमा कोरोनाको संक्रमण देखिएपछि मेचीनगर नगरपालिकाले साउन २८ गते मध्यरातिबाट लगाएको लकडाउनलाई केहि मात्रमा खुकुलो पारेको छ ।

नगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागि मेचीनगरको १५ वटा वडामध्ये ६, ७ र ८ नम्बर वडामा लकडाउनलाई निरन्तरता दिएको छ भने अन्य वडाहरुको हकमा भोलिदेखि खुकुलो पारेको हो । तर, मेचीनगरभित्रका शैक्षिक संस्था, होटल, सपिङ् मल, सेलुन र व्युटिपालर भने पूर्णरुपमा बन्द रहने छन् ।

आजको बैठकले वडा नम्बर ६, ७ र ८ मा दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्ने र औषधि पसल लगायतका स्वास्थ्य सेवा नियमित सञ्चालन हुने छन् ।

अत्यावश्यक र मालबाहक बाहेकका सवारी साधान चलाउन नपाईने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन नपाईने, सामाजिक दुरी कायम गरेर कृषि कार्य गर्न पाइनेछ ।

विशेष कार्यका लागि पालिकासँग पास लिएर सवारी साधन चलाउन पाइनेछ भने वित्तिय संघ संस्थाहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न पाइने नगरपालिकाले निर्णय गरेको मेचीनगर प्रमुख बिमल आचार्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *