Sajhamanch Archive

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

Published: in खेलकुद by .

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो ।

लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि सर्जि नाब्रीले दुई तथा रोबर्ट लेवन्डोवस्कोले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । उनले जोसुआ किमिचिको पासमा गोल गर्दै बायर्नलाई १-० को अग्रता दिलाए । त्यस्तै ३३ औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गरे । रोबर्ट लेवन्डोवस्किले प्रहार गरेको बल लियोनका गोलकिपरले रोक्न खोज्दा फर्किएको बलाई वान टच गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका हुन् ।

८८ औं मिनेटमा लेवान्सोवस्किले गोल गर्दै बायर्नलाई ३-० गोलको जित दिलाए । पीएसजी भने मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *