Sajhamanch Archive

सिन्धुपाल्चोक पहिरो : आज थप तीन शव भेटिए, मृतकको संख्या २८ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

एक बालक र दुई महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यसअघि २५ जनाको शव भेटिएको थियो भने ११ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *