Sajhamanch Archive

प्रहरीसँगको भिडन्तमा १५ माओवादी मारिए

Published: in राष्ट्रिय समाचार, by .

भारतको छत्तीसगढमा प्रहरीको कारबाहीमा १५ माओवादी मारिएका छन्।

माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा प्रहरीसँग भएको भिडन्तमा १५ माओवादी मारिएको, १६ अत्याधुनिक हतियार बरामद गरिएकाे र २ जनालाई पक्राउ गरिएको छ। छत्तीसगढ प्रहरीले जनाएकाे छ।

छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ।

उनले माओवादीलाई आत्मसमर्पण गरेर राजनीतिको मूलधारमा सहभागी हुन वा सुरक्षाबलसँगको भिडन्तमा मारिन तयार हुन चेतावनी दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *