Sajhamanch Archive

प्रहरी र स्थानीयको विवादले रंगेलीमा तनाव

Published: in समाज by .

विराटनगर । प्रहरीले लकडाउनमा कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका वडा नं.५ आँपगाछी बुधबारराति तनावपूर्ण बनेको छ ।

लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको थियो ।

प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो । प्रहरीले अनावश्यक लाठी प्रहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयले आँपगाछी प्रहरी चौकी घेराउ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *