Sajhamanch Archive

लिबियामा जहाज दुर्घटनामा पाँच बालबालिकसहित ४५ जना आप्रवासी शरणार्थीको मृत्यु

Published: in विश्व समाचार by .

लिबियामा यसै हप्ता भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् ।

उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवितै उद्दार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकाय र आप्रवासी कामदारहरुको पक्षमा काम गर्ने संस्था आईओएमले हराइरहेकाहरुको खोजी कार्यलाई तीव्र पार्न आह्वान गरेका छन् ।

खोजी कार्यमा सहभागीहरु सुरक्षा बन्दोबस्तीसहित परिचालित नभए उनीहरुको पनि भू–मध्यसागरमा मृत्यु हुने राष्ट्रसंघीय निकायहरुले चेतावनी दिएका छन् । यस वर्ष समुद्री मार्गबाट असुरक्षित रुपमा लिबियाबाट युरोप जाने क्रममा तीन सयभन्दा बढी आप्रवासीको मृत्यु भएको छ । तर मृत्यु हुनेको आंकडा अझै बढी रहेको हुनसक्ने समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सन् २०११ मा पूर्व नेता मुअम्मर गद्दाफीको पतन र हत्यापछि लिबिया आप्रवासीहरुका लागि महत्वपूर्ण ट्रान्जिट देश बन्दै आएको छ । त्यहाँका आप्रवासीहरु खतरामुक्त नरहेको राष्ट्रसंघीय निकायहरुले उल्लेख गरेका छन् । लिबियामा जारी द्वन्द्वका कारण मानवअधिकार उल्ल्ंघन र व्यक्ति हत्याका घटनाहरु पनि जारी रहेको बताइएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *