Sajhamanch Archive

नेपाल–भारत सीमामा कडाई गर्दा प्रहरीमाथि नै आक्रमणको प्रयास

Published: in समाज, स्थानीय तह by .

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ ।

कोरोना महामारीका बेला नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ । यस्तो बेलमा पनि लुकि छिपि सामान खरिद गर्ने बहानामा भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि तनाव सुरु भएको थियो । करिब ३०÷३५ जनाको टोलीले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ ।

एक्कासि भारततिरबाट सयौँको संख्यामा हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि थप मद्धतका लागि ठूलो संख्यामा परिचालन गरिएको प्रहरी टोली पुगेको र भारतीय प्रहरी पनि आइपुगेपछि आक्रमणमा उत्रन खोजेकाहरु राति ९ बजेपछि भागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । हुलहुज्जत गर्दै आएको समूहलाई नेपाल प्रहरीसँग समन्वय गर्दै भारती प्रहरीले पनि लखेट्न सहयोग गरेको उनको भनाइ छ ।

एक ठाउँबाट अर्को ठाउँमा जाँदा होल्डिङ एरिया र क्वारेन्टाइनमा बस्नु पर्ने लगायतका प्रक्रिया पूरा गर्नु पर्ने उनले बताए । त्यसको दुई सातापछि कोरोना परीक्षण गरेर रिपोर्टका आधारमा मात्रै घर जानदिने वा नदिने भन्ने निर्णय लिइने थापाको भनाइ छ । रिपोर्ट नेगेटिभ आएमा घर जान दिइने बताउँदै उनले पोजेटिभ आएकाहरुलाई पनि उपचारका लागि लगिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *