Sajhamanch Archive

प्रदेश १ मा थपिए ४२ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १३ महिला र २९ पुरुष छन् ।

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोसी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहबीमा १–१ पुरुष, मोरङको बूढीगंगामा २ महिला, २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला, ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला, ३ पुरुष, धनकुटाको सहिदभूमि र झापाको गौरीगन्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *