Sajhamanch Archive

प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले बाढी, पहिरो र डुवानजस्ता विपतमा परी मृत्यु हुनेको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन माग गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरी अनेरास्ववियूले बेपत्ता भएकाहरुको खोजी कार्य तीब्रताका साथ गर्न, घाइते र विस्‍थापितहरुलाई उपचार र राहतको काम तत्कालै अघि बढाउन पनि सरकारलाई आग्रह गरेको छ ।

हाल सरकारले विपतमा मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने गरेको छ । एकै घरका एक भन्दा बढी मृतक भएमा एक जनालाई २ लाख र अरु १ जना बराबर १ लाख रुपैयाँ राहत दिने केही दिनअघि मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गरी यस्ता प्रकोपहरुमा सुरक्षित तबरले राहत र उद्धारको काममा तत्कालै क्रियाशील रहन देशभरका अनेरास्‍ववियूका कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण पनि दिनप्रतिदिन ठूलो मात्रामा क्षति हुँदै गएको अनेरास्ववियूले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *