Sajhamanch Archive

गौरीगञ्जमा समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

गौरीगंज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् ।

गौरीगंज गाउँपालिकाको समन्वय र उद्योग वाणिज्य संघ गौरीगंजको आयोजनामा दोस्रो चरणमा ६१ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणमा १ जनामा पोजेटिभ रिर्पोट आएको गाउँपालिकाले जनाएको छ । पुष्टिभएसंगै गौरीगंज क्षेत्रमा जोखिम बढेको छ।

संक्रमित व्यक्ति स्थानिय व्यापारी रहेको बुझिएको छ । साउन ३२ गते आईतवार उद्योग वाणिज्य संघ गौरीगञ्जले स्थानिय व्यापारी र ईच्छुक सर्वसाधारणको स्वाव संकलन गरि विराटनगरस्थित कोशी कोरोना अस्पतालमा पठाएको थियो ।

गौरीगंज गाउँपालिकाको आपतकालिन वैठक बस्दै छ । उनको सम्पर्कमा आएकाहरूको कन्ट्रयाक ट्रेसिङ्ग गर्ने , गौरीगंजको बजार क्षेत्र सिल गर्ने र गौरीगंज क्षेत्र आवतजावतमा निषेध गरिने विषयमा निर्णय गरिने जनाईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *