Sajhamanch Archive

बुद्धशान्तिमा लकडाउन पाँच दिन थपियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।

गत श्रावण २९ गते देखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउन थप गरेको  हो ।

बिहिवार गाउँ कार्यपालिकाको बैठक बस्दै लकडाउन लम्ब्याउने निणय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

गत साउन २७ गते बुद्धशान्ति ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरि पठाइएकोमा ८० जनाको रिर्पोट नेगेटिभ आएको । तर एक जनाको रिपोर्ट पोजेटिभ आएको र उनी एक लघुवित्तमा काम गर्ने कर्मचारी समेत भएकाले गाउँपालिकामा थप कोरोना समुदायमा फैलिएको आशंका गर्दै लकडाउन गर्न बाध्य भएको अध्यक्ष भुजेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *