Sajhamanch Archive

गोर्खा वेल्फेयर ट्रस्टको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीस्थित श्री सरस्वती बाल माध्यमिक विद्यालयको नयाँ भवन एक कार्यक्रमकाबीच आज हस्तान्तरण गरिएको छ ।

गोर्खा वेल्फेयर ट्रस्ट (GWT) को आर्थिक सहयोगमा नवनिर्मित १६ वटा कोठासहितको सुविधासम्पन्न भवनको चाबी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ४३ लाख ७० हजार ५३७ तथा स्थानीय स्रोतबाट २ लाख ६६ हजार ७२० को लागतमा निर्माण कार्य सम्पन्न भएको विद्यालयका पूर्व शिक्षक यामनाथ बरालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रकाश सापकोटाको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्य रहेका थिए ।

उक्त अवसरमा परियोजनाका निवेदक तथा समाजसेवी भक्त खेवाङ र योजनाका प्रतिनिधि मोहन शर्मालाई कदर पत्र तथा जी डब्लु टी नेपाल र AWC दमकलाई सम्मान पत्रसहित  सम्मान गरिएको थियोे ।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले आफनो नगरमा आएर विद्यालयलाई ट्रस्टले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रम नगर उपप्रमुख मिना पोखरेल उप्रेती,सम्मानित व्यक्तित्व द्वय खेवाङ र शर्मा तथा सिनियर एरिया वेल्फेयर अफिसर पुनेन्द्र लिम्बू लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले विद्यालयको गतिविधिसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक युवराज काफलेले गरेका थिए ।

वि.सं.२०३६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *