Sajhamanch Archive

कोरोना नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न सरकारलाई कांग्रेसको सुझाव

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका लागु गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ ।

कांग्रेसले बिहीबार बेलुकी विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई निषेधाज्ञा अवधिमा हलुका टिप्पणी निषेध गरेर युद्धस्तरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको हो ।

चैत्र महिनादेखि लागु गरिएको चार महिना लामो लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका र विवादास्पद अभिव्यक्तिहरु बढी भोगेको भन्दै कांग्रेसले निषेधाज्ञाको अहिलेको चरणमा देशले ती सबै बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य खोजेको कांग्रेसले स्मरण गराएको छ ।

“चैत्र महिना देखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् । सरकारले बढाओस् कोरोना निषेधको क्षमता, युद्धस्तरमा ।

१. कोरोनाको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लक डाउन देखि निषेधाज्ञासम्म जारी छ । देशको राजधानी काठमाडौ उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ । नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन् । ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने मान्यता पुनः दोहो¥याउंदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ ।

२. लकडाउन या निषेधाज्ञा आफैमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ । केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा । कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ । नेपाली कांग्रेस आग्रह गर्दछ— विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस् ।

३. चैत्र महिना देखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ ।

४. प्रतिकुल वातावरण विच फ्रन्ट लाइनमा कार्य गरिरहेका स्वास्थकर्मी देखि सफाइकर्मी सम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मी देखि सूचना सम्प्रेषण गरिरहेका संचारकर्मी सम्मलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेस उहाँहरुका लागि आवश्यक पर्ने भौतिक सामग्री देखि मनोबैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गर्दछ ।

५. निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, बिद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेछ । अतः त्यसबारेमा समयमै दृष्टी र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ । नेपाली कांग्रेस ती सबै बर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग    

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *