Sajhamanch Archive

संखुवासभामा तीन दिनदेखि सङ्क्रमित क्वरेण्टीनमै, आइसोलेशनको अभाव

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

संखुवासभा । संखुवासभामा कोरोना पोजेटिभ देखिएका तीन जनालाई आइसोलेशनको अभावमा तीन दिनदेखि क्वरेण्टीनमै राखिएको छ ।

कोरोना पोजेटिभ देखिएका सङ्क्रमितहरुको छुट्टै आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि आइसोलेशनको अभाव भएको हो ।

संखुवासभामा मंगलबार एकजना प्रहरी र दुईजना वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु गरी तीन जनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० वटा आइसोलेशन वार्ड भए पनि स्थानीयबासीले अवरोध गरेपछि सङ्क्रमितलाई क्वरेण्टीनमा नै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए ।

स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका–४ का ४३ वर्षीय पुरुष र चैनपुर नगरपालिका वडा नं.११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *