Sajhamanch Archive

धोनीलाई बिदाई खेल खेलाउन बोर्ड तयार

Published: in खेलकुद by .

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई बिदाई खेल खेलाउन तयार रहेको जनाएको छ । बीसीसीआईले यस विषयमा धोनीसँग आईपीएलका दौरान छलफल गर्ने जनाएको छ ।

कप्तानका रूपमा आईसीसीका तीनवटै फर्म्याटका प्रतियोगिता जित्नै एकमात्र कप्तान धोनीले १५ अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । रिपोर्टअनुसार धोनीसँगको छलफलपछि मात्रै बिदाई खेलको तयारी गर्ने जनाइएको छ ।

हाल भारतको कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले आईपीएल बोर्डले केही गर्न सक्ने जनाइएको छ । धोनीले देशका लागि धेरै गरेकाले उनी सम्मानजनक बिदाई खेलका हकदार भएको बताइएको छ ।

“हामी धोनीका लागि एक बिदाई खेल गर्न चाहन्थ्यौं । तर, उनले अचानक संन्यासको घोषणा गरे । कसैले पनि सोचेका थिएनौं कि उनले यति चाँडै संन्यासको घोषणा गर्नेछन्,” बोर्डले भन्यो, “धोनीले अहिलेसम्म बोर्डका कुनै पनि आधिकारीसँग यस विषयमा भनेका छैनन् । तर, यो पक्का हो कि हामी आईपीएलका दौरान उनीसँग छलफल गर्नेछौं ।”

बोर्डले धोनीको सहमतिपछि मात्रै एक उपयुक्त स्थानमा एक बिदाइ खेलको आयोजना गर्ने जनाएको छ । उनका लागि एक सम्मान समारोहको आयोजना गर्नेसमेत बोर्ड तयार हरेको रिपोर्टमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *