Sajhamanch Archive

कनकाई नदी कटानबाट विस्तापित बनेकी सेर्माको घरको शिल्यान्यास

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । कनकाई नदि काटानबाट विस्तावित बनेकी तारा सेर्मालाई घर निर्माणका लागि शिल्यान्यास गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारकी कनकाई नदिको काटनबाट बिस्थापित बनेकी तारा सेर्माका परिवारका लागि शिवसताक्षी नगरपालिको जग्गा उपलब्ध गराएपछि घर निर्माण लागि शिल्यान्यास गरिएको हो ।

शुक्रबार शिवसताक्षीको वडा नं. ११ स्थित जनता आवाश कार्यक्रमको भवन निर्माण स्थलमा नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकमारी नेपाल, मेची अभियानका संयोजक विजय डालमिया लगायतले संयुक्तरुपमा शिलान्यास गरेका थिए । शिवसताक्षी नगरपालिकाले जमिन उपलब्ध गराएसँगै मेची अभियानले सेर्माको घर निर्माण गर्ने भएको हो । शिवसताक्षी नगरपालिकाको स्टमेन्ट अनुसार ३ कोठा र एउटा शौचालय रहने गरीको भवनमा ७ लाख रुपैँया लागत लाग्ने अनुमान गरीएको छ ।

गएको असार १२ गते अबिरल बर्षासँगै आएको बाढीले उक्त क्षेत्रका ९ घरका १० परीवार बिस्थापीत भएका थिए । जसमा एकल महिला र अति विपन्न रहेकाले त्रिपालमा दिन विताउँदै आएकी सेर्मालाई शिवसताक्षी नगरपालिकाको समन्वयमा मेची अभियानले घर निर्माण गरिदिने निर्णय भएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

स्थानीय फडिनाथ दुलालले २ बिगाह जग्गा तराई मधेश कार्यक्रम अन्तर्गत जनता आवासका लागी प्रदान गरीएको जमिनमा घरको शिलान्यास गरिएको हो । हाल जनता आवाश कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट १२ ओटा घर निर्माणाधिन अवस्थामा रहेका छन् । नगरका अति विपन्न वर्गका परिवारलार्ई उक्त स्थानमा राखिने नगरप्रमुख चन्द्र कुमार शेर्माले बताए ।

घरको निर्माण कार्य तत्काल सुरु गरी तिहार अगावै बिस्थापित परिवारलाई घर हस्तान्तरण गरिने मेची अभिायानले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *