विदेशबाट आउनेहरुले यी होटलमा बस्नुपर्नेछ, न्यूनतम मूल्य १८ सय
Published:
by .काठमाडौं । सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुलाई राख्न काठमाडौंका होटलको सूची सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण सार्वजनिक गरेको हो।
पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। चार तारेमा बस्नेले दिनको ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने तोकिएको छ। पर्यटकस्तरीय होटलमा बस्नेले भने एक दिनको १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ। अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य ल्याउनुपर्ने र काठमाडौं आइसकेपछि एक साता होटलमा बस्नुपर्ने निर्णय सरकारले गरेको छ। पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्नेछ।
होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नागरिकको उद्धारका लागि तत्काल उडान सुरु गर्ने निर्णय गरेको थियो। क्वारेन्टाइनहरु तयार नभएको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले मंगलबार तय भइसकेको उडान समेत अप्रत्यासित रुपमा स्थगित गरेको थियो। सरकारले भदौ १ गतेदेखि पाँचौं चरणको उद्धार उडान सुरु गरेको थियो। कोरोना महामारी सुरु भएयता हालसम्म ५१ हजार नेपाली स्वदेश फर्किसकेका छन्।
Comments