Sajhamanch Archive

देशका २०१ सामुदायिक रेडियोबाट पठनपाठन, कुन जिल्लाका कुन रेडियोबाट पढाई ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । कोरोना भाइरस कहरका कारण पाँच महिनादेखि स्कुल बन्दाबन्दीमा छ। विद्यार्थीको पठनपाठन प्रभावित भएपछि सरकारले रेडियो र टेलिभिजनबाट पठनपाठन थाल्दै आएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका अनुसार अहिले देशभरका दुई सय १ वटा सामुदायिक रेडियोबाट पठनपाठन सञ्चालन गरिरहेको छ।

मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका रेडियो इन्जिनियर सन्तकुमार महर्जनले सरकारले विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ ले निर्दिष्ट गरे अनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन सञ्चालन गरिएको बताए।

‘कोरोनाले शिक्षा क्षेत्रमा ठूलो असर पुगेको छ। त्यसैले सरकारले पठनपाठन सुचारु राख्न वैकल्पिक माध्यमबाट पढाउँदै आएको छ। अहिले पनि सुचारु छु, उनले भने,’ अहिले सम्म रेडियोको माध्यमबाट सिकाइएको पठनपाठन राम्रै प्रभावकारिता देखिएको छ।’ अनलाइन शिक्षा भन्दा पनि बढी रेडियोबाट पढाइने पठनपाठन प्रभावकारिता देखिएको भन्दै उनले हरेक व्यक्तिबाट सकारात्मक प्रतिक्रिया पनि आएको बताए।

हाल रेडियो नेपाल सहित दुई सय १ भन्दा बढी सामुदायिक रेडियोबाट पठनपाठन भइरहेको उनले उल्लेख गरे।  ‘इन्टरनेटको पहुँच नभएको ग्रामीण भेगमा पनि सदुपयोग भैरहेको छु, उनले भने। उनका अनुसार समय तालिका अनुसार प्रशारण माध्यमबाट पढाइन्छ। फेसबुकबाट रेडियो कनेक्ट गरेर पनि सिकाइँदै आएको छ। आफ्ना विद्यार्थीको लागि उचित समय मिलाईदिनुपर्ने अभिभावकलाई उनको सुझाव छ’।

यी सामुदायिक रेडियोबाट पढाई हुन्छ मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाका अनुसार झापा जिल्लामा रेडियो साथी,रेडियो सर्गम,नागरिक एफएमबाट सिकाइका लागि पठनपाठन प्रशारण हुन्छ। इलाम जिल्लामा इलाम एफएम,ताप्लेजुङ जिल्लामा रेडियो तमोर,ताप्लेजुङ एफएम,पाँचथर जिल्लामा रेडियो सुम्हालुङ,संखुवासभा जिल्लामा रेडियो खादबारी,मोरङ जिल्लामा रेडियो जागृती,भोजपुर जिल्लामा रेडियो उन्नती,खोटाङ जिल्लामा रेडियो हलेसीबाट प्रशारण हुन्छ।

त्यस्तै, सोलुखुम्बुमा रेडियो साल्पा, उदयपुरमा उदयपुर एफएम,रेडियो तृयोगा,ओखलढुंगामा आफ्नो एफएम,रेडियो भिजन एफएमबाट प्रशारण हुन्छ। त्यस्तैगरी तेह्रथुम रेडियो तीनजुरे,रेडियो मन्छायम,पर्साजिल्लामा नारायणी एफएम,रौतहट जिल्लामा रेडियो राजदेवी,गुन्जन लगायत जिल्लाको रेडियोबाट पठनपाठन प्रशारण हुन्छ। यी रेडियोबाट कक्षा ६,७,८,९,१० लगायत तहका विद्यार्थीलाई श्रव्य पाठहरुबाट पढाइदै आएको छ। उनले भने,‘पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई विभिन्न टेलिभिजनबाट श्रव्यदृश्य पाठहरु प्रशारण भएको छ।’ समय अनुकूल नभएसम्म वैकल्पिक शिक्षालाई अगाडी बढाउने शिक्षा मन्त्रालयको लक्ष्य छ।

समय तालिका यस्तो छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *