Sajhamanch Archive

बालबालिका र शिक्षा कार्यक्रम अब फिक्कलबाट प्रशारण हुने

Published: in विविधा, शिक्षा, समाज by .

विर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले रेडियो कार्यक्रम प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा इलामको रेडियो फिक्कलबाट पनि प्रसारण हुने भएको छ।

रेडियो फिक्कल ९०.६ मेघाहर्जबाट शुक्रबार बेलुकी ६ः३० र पुनः प्रसारण आइतबार बिहान ८स्३० प्रसारण हुने स्टेशन म्यानेजर राज कुमार दाहालले जानकारी दिए। हाल झापाबाट आँगन एफएम ८९.६ मेगाहर्जमा बालबालिका लक्षित कार्यक्रम बालबालिका र शिक्षा प्रसारण हुँदै आएको छ ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको हो। ग्लोरी इंग्लिस स्कुल बिर्तामोड ,फक्तालुङ्ग एजुकेसन फाउन्डेसन कन्काई ,वेल्स मोडल स्कुल बिर्तामोड,दुर्गा माद्यामिक बिद्यालय बिर्तामोड र वीर अमर सिंह प्राबिधिक बिद्यालय बिर्तामोड सँगको सहकार्यमा उत्पादन हुने कार्यक्रम हरेक आँगन एफएम बाट शुक्रबार बेलुका ७ः१५ बजे र पुनः प्रसारण शनिबार बिहान ८ः१५ बजे प्रसारण हुँदै आएको कार्यक्रम संयोजक सरोज पौडेलले जानकारी दिए ।

कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने बिद्यालयका संचालनको भनाइ रहेको छ । साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । संचारकर्मी चेतन लामिछाने ,प्रतिमा सेवाहाङ्ग र बालबालिका ,शिक्षकको आवाजमा उत्पादन हुने कार्यक्रमले बालबालिकामा सकारात्मक सन्देश प्रभाव गर्ने अपेक्षा गरोएको छ । त्यस्तै विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारे पनि सामाग्री प्रस्तुत गरिने जनाईएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ुमेरो कथाु स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने एफएमकी समाचार संयोजक पुस्पा लिम्बुले बताईन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *