Sajhamanch Archive

शिवसताक्षीका ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

शिवसताक्षी नगरपालिका ४ ब्लुचोक स्थित विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ५० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । यो सँगै वडा नं. ७ मा सिल गरिएको तीन गाउँ खुल्ला गरिएको प्रवक्ता इजमले बताए ।

वडा नं. ४ को कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पठाइएको ४० जनाको रिर्पोट आउन भने बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *