जिल्ला प्रशासन झापाद्वारा मेचीनगर र कमल गाउँपालिकाका केही वडालाई निषेधाज्ञा जारी
Published:
by .कमल । जिल्ला प्रशासन झापाद्वारा कमल गाउँपालिकाको केर्खा बजार र मेचीनगर नगरपालिकाको ६, ७ र ८ वडामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रसाशन कार्यालय झापाले समेत भदौ ३ गते राति १२ बजेदखि ९ गते राति १२ बजे सम्मकालागी कमल गाउँपालिका वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ति टोल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
शान्ति टोल क्षेत्रमा पश्चिममा ढ्याग्रे खोला, पूर्वमा केर्खा खोला, उत्तरमा पूर्व पश्चिम लोकमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै मेचीनगर नगरपालिकाको वडा नम्वर ६,७ र ८ क्षेत्र भित्र अर्को सुचना जारी नभएसम्मका लागी मानिसहरुको आवत जावतमा नियन्त्रण लागी निषेधाज्ञाको आदेश जारी गरीएको निमित्त प्रमुख जिल्ला अधिकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमल गाउँपालिकामा हाल पसलहरु खुलेका छैनन भने सवारी साधन र मान्छेको चहल पहल समेत शून्य छ ।
Comments