मेचीनगर र विर्तामोड गरी ६ जनाले कोरोना जितेर घर फर्के
Published: (Updated: )
by .मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को शुक्रबारबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् ।
उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा मेचीनगर ९ का ३२ वर्षीया महिला र १४ बर्षीया बालिका, वडानम्बर ५ का ३३ वर्षीय, वडानम्बर ७ का ३८ वर्षीय पुरुष र वडानमबर १० का १५ वर्षीय किशोर रहेको आइसोलेसन सेन्टरका प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यसैगरी विर्तामोड ३ का ३६ वर्षीय पुुरुषलाई समेत सोेहि आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिरएको उनको भनाई छ ।
शुरुमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन सेन्टरमा राखिएको थियो । पछिल्लो समय सवैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टानमा बस्ने गरी सवैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ । योसँगै मेचीनगरबाट नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमणबाट मुक्त भएर डिस्चार्र्ज हुनेको संख्या ९२ पुगेको छ । शुक्रबारसम्ममा नगरमा नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमितकाके संख्या १ सय ६ पुुगेको मेचीनगरका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए । उनका अनुसार ९२ जना नको भएर घर फर्केका भएपनि बाँकीको प्रदेशका विभिन्न ठाउँमा रहेको कोेभिड अस्पतालमा उपचार भइरहेको छ ।
Comments