Sajhamanch Archive

मेचीनगरमा बैंकका कर्मचारीसहित चार जना कोरोना संक्रमित थपिए

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरमा शुक्रबार चारजना नयाँ संक्रमित थपिएका छन् ।

भारतका विभिन्न स्थानबाट आएर नगरका होल्डिङ सेन्टर, होम क्वाररेन्टाइन, तथा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका मेचीनगर— २ की १० वर्षीया बालिका सहित चारजनामा संक्रमण पुष्टि भएको मेचीनगरका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।  शुक्रबार पुष्टि भएका बुद्घशान्ति —३ की करीव २२ वर्षीया एक महिला पनि छन् ।

उनी मेचीनगरको इटाभट्टास्थित प्राइम बैंकमा कार्यरत कर्मचारी भएको वरालले बताए । ती कर्मचारीसँग सम्पर्कमा ररहेका अन्य व्यक्तिलाई समेत सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टाइनमा बस्न संयोजक वरालले आग्रह गरेका छन् ।

मेचीनगर— ६ का २५ वर्षीया महिला र वडानम्बर— ८ का २१ वर्षीय पुरुषमा समेत नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रमण फेला परेको वरालले जानकारी दिए । २ भदौमा पीसीआर परीक्षणका लागि उनीहरुको थ्रोड स्वावकोे नमूना संकलन गरी १ वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रोबायोलोजिकल विभागमा पठाइएको छ । प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएकोे हो ।

मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पिसिआर परीक्षणलाई तीव्र पारेको थियोे । जिल्ला स्वास्थ्य कार्यालय झापाको टोेलीले मेचीनगर —७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको थियो ।

साउन २९ मा थ्रोड स्वावको नमूना संकलन पछि पीसीआर परीक्षणक लागि मेची अस्पताल भद्रपुरको प्रयोगशालामा पठाइएकोमा शुक्रबार ६८ जनाको रिपोट आएको र सवैको नेगेटिभ रिपोर्ट प्राप्त भएको नगरपालिकाले जनाएको छ । बाँकी १० जनाको रिर्पोट आउन बाँकी रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

स्थानीय २८ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कार्यालयका महामारी रोगका फोकलपर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको जिल्लाकोे स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरी परीक्षणक लागि मेची अस्पताल भद्रपुरको प्रयोगशालामा पठाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *