Sajhamanch Archive

प्रदेश १ मा थपिए ८९ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३८ महिला र ५१ जना पुरुष छन् ।

मोरङमा ४४, सुनसरीमा २९, झापामा सात, इलाममा चार, पाँचथर र उदयपुरमा एक-एक जना र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा पाँच महिला एक पुरुष, सुन्दरहरैचामा तीन महिला र तीन पुरुष, धनपालथानमा दुई र सुनबर्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा दुई महिला र १२ पुरुष, इटहरीमा एक महिला, चार पुरुष, बर्जुमा दुई महिला र दुई पुरुष, देवानगञ्जमा एक पुरुष, कोसी गाउँपालिकामा एक पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा एक- एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको मेचीनगरमा तीन महिला र एक पुरुष, बिर्तामोडमा एक महिला र एक पुरुष, दमकमा एक पुरुष, इलामको सन्दकपुरमा दुई महिला र दुई पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा एक- एक पुरुष, सर्लाहीका दुई महिला र सिरहाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ ।

प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *