Sajhamanch Archive

मध्य र पूर्वी नेपालको भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

Published: in समाज by .

काठमाडौँ  । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने छ । देशका थोरै स्थानमा भने मंगलबार (आज) भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ ।

२४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।
महाशाखाले वर्षाका कारण हुने बाढी पहिरोबाट सजग रहन सबैलाई अनुरोध पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *