Sajhamanch Archive

कोरोनाले विश्वमा ८ लाख २ हजारको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख २ हजार ३६३ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

हालसम्म विश्वमा संक्रमितको संख्या २ करोड ३० लाख ९७ हजार ९५५ पुगेको छ भने कोरोना जितेर १ करोड ५६ लाख ८९ हजार ९२५ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *