Sajhamanch Archive

तीन वडालाई जोड्ने सतासी खोलामा पक्की पुलको तत्काल निर्माण कार्य सुरु हुने

Published: in विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ ।

शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको कार्य सुरु हुन लागेको हो ।

प्रदेश सरकारबाट रु ९ करोड ६१ लाख ९१ हजार ८१८।४९ विनियोजन बजेटबाट पुलको यसै हप्ता शिल्यान्यस गरिने शिवसताक्षी नेकपा अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार हाल पुल निर्माका लागि कामदार बस्ने अस्थायी टहरा बनाउन थालिएको छ । पुलको लम्बाइ ९९.७ मिटरको हुने बताइएको छ । अन्जना निर्माण सेवा प्रा.लि. ले निर्माणकार्य शुरु गर्न लागेको अध्यक्ष भट्टराईको भनाई छ । पुल सांसद झलकसिं दर्लामीको पहलमा निर्माण सुरु हुन लागेको बताएको छ ।

निर्माण कम्पनीले २०७७ श्रावण १२ गते सम्झौता गरेको छ भने, २०७९ आषाढ २० सम्ममा काम पुरा गर्नु पर्ने अन्जना निर्माण सेवा प्रा.लि.ले जनाएको छ ।

पुल निर्माण भएपछि पछी शिबसताक्षी ८, ७ ,१,२ ,३ का नागरिक बर्खाको समयमा नगरपालिकासम्म जानका लागि लोकमार्ग निस्कनु पर्ने बाध्यता हट्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *