Sajhamanch Archive

पर्सा र चितवनमा थप तीनजना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ।

पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो। ५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।

चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको  मृत्यु भएको हो।

अस्पताल आउनासाथ कोरोना संक्रमण भए/नभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो। मृत्यु भएपछि मात्रै सो स्वाब नमूना परीक्षणको रिपोर्ट आएको हो।

उनको स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजमा पठाइएको थियो। तर , सो मेडिकल कलेजमा परीक्षण ल्याब हालै जडान गरिएकाले महिलामा कोरोना संक्रमण देखिएपनि सो जानकारी सार्वजनिक गरिएको थिएन। त्यसपछि ती महिलाको स्वाब पुनस् भरतपुर कोभिड ल्याबमा परीक्षण गरिएको हो।

परीक्षण गर्दा ती महिला कोरोना संक्रमित नै रहेको पुष्टि भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *