Sajhamanch Archive

केर्खामा स्वास्थ्य सुरक्षा सतर्ककताको नाममा सडक बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा कोभिड १९ को संक्रमण रोक्ने बहानामा सडक तथा गल्लिमा ढाट लगाएर आवागमनमा बाधा पुर्याउने कार्य भएको छ ।

कमल गाउँपालिका केर्खाका समुदायमा मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीयले बाँसको ढाट लगाई बाटो बन्द गराएका हुन् । देखि भित्र जाने सडकहरुमा आवगमन बन्द गराएका छन्् । आवगमन बन्द भएपछि अति आवश्यक कामका लागि प्रयोग हुने एम्बुलेन्स, दमकल, सुरक्षा कर्मी लगायतको सवारी साधान जान समेत रोकिएका छन् ।

स्वस्थ्य सुरक्षा सतर्ककताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने र आवागमनमा बाधा पुर्याउने जस्ताकाम गर्न नपाईने संक्रमण ऐन २०२० को दफा २ उल्लेख गरिएको छ ।
हाल सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *