Sajhamanch Archive

धरानमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । धरानमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका वडा नं.१५ का ती संक्रमितको आज मध्याह्न सवा १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन्‌।​

अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनी साउन २७ गते अस्पताल भर्ना भएका थिए। उनी उच्च रक्तचापको समस्याबाट समेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *