Sajhamanch Archive

एक औषधी व्यवसायीसहित दमकमा १६ जना कोरोना संक्रमित थपिए

Published: in विविधा, समाज, स्वास्थ्य by .

दमक । दमकमा एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएको छ ।नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमित मध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । संक्रमण भेटिएकाहरुमा पाँच जना बिद्युत प्राधिकरणका कर्मचारी हुन् भने एक जना औषधी व्यवसायी हुन् । दमक फार्मेसीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै दमकमा अहिलेसम्म ६६ जना संक्रमित भएका छन् । ती मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए । हाल दमकका औषधी पसलहरु सबै बन्द छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *