कोरोनाले ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु
Published:
by .काठमाडौं । पछिल्लो २४ घण्टामा सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ ।
सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
Comments