Sajhamanch Archive

प्रदेश १ मा थपिए १०२ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शनिबार १०२ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् ।

मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला, १३ पुरुष, सुनवर्षीमा २ महिला, ८ पुरुष, सुन्दरहरैचामा १ महिला, १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला, ३ पुरुष, धरानमा १ महिला, ३ पुरुष, गढीमा १ महिला, ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकका ३ महिला, १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *