Sajhamanch Archive

दमकमा एक साता लकडाउन लम्बियो

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by .

दमक । सङ्क्रमण तीव्र फैलिँदै गएकाले दमकमा लकडाउनलाई एक साताका लागि थपिएको छ ।

नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा शनिबार सकिएको थियो तर शनिबार नै थप १६ जनामा एकैसाथ कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको उपप्रमुख गीता अधिकारीले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *