Sajhamanch Archive

धाइजन आइसोलेसनमा बसेका डाक्टरसहित चारजनाको रिपोर्ट नेगेटिभ

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । आम्दा मेची अस्पताल धुलाबारीका डाक्टरसहित चार जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

आम्दाका एकजना डाक्टर र धाइजनको आइसोलेसनमा बसेका मेचीनगर नगरपालिका वडा नं.१० का ६० र २४ वर्षीया महिला तथा एक जना १३ वर्षीय बालकको स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको हो ।

आइतबार धाइजनको आइसोलेसनमा बसेका  चारै जनालाई मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालले फुल दिएर घर पठाएका छन् ।

उनीहरुको भदौ ४ गते स्वाबको नमुना संकलन गरेर मेची प्रादेशिक अस्पातल भद्रपुर पठाइएको थियो । भद्रपुरबाट आज चारै जनाको रिपोर्ट नेगेटिभ आएको संयोजक बरालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *