विर्तामोडका सुनचाँदी व्यवसायीमा कोरोना संक्रमण, रत्नसुपर मार्केट सिल
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडका व्यवसायी परिवारको दुई जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै विर्तामोड नगरपालिका ५ को रत्नसुपर मार्केट शील गरिएको छ ।
सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिए। ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’ उनले बताए ।
समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले जानकारी दिए ।
‘जोखिम नियन्त्रणका लागि भदौ ९ गते स्वाब संकलनका आह्वान गरेका छौँ’, उनले भने, विर्ताडको हेवन वाटर पार्कस्थित कञ्चनजंघा हेल्थ साइन्सको भवनमा रहेको क्वारेन्टाइनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको छ ।’ कोरोना संक्रमण देखिएको स्थान वरपरका सबैको पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।
Comments